महिला लघुवित्तको खुद नाफा ६१ प्रतिशतले बढ्यो, चुक्तापूँजी १४ करोड माथि जाँदा प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

महिला लघुवित्तको खुद नाफा ६१ प्रतिशतले बढ्यो, चुक्तापूँजी १४ करोड माथि जाँदा प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा ६१.४३ प्रतिशतले बढेर १५ करोड ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९ करोड २९ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ करोड ४ लाख ८३ हजार रुपैयाँ सिमित रहेको थियो ।

यस लघुवित्तले पर्याप्तमात्रामा खराब कर्जा उठाउन सफल भएकाले नाफामा सुधार देखिएको हो । यसले १५ करोड १४ लाख रुपैयाँ राइट ब्याक गरेको छ । संचालन नाफामा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा १० करोड ६० लाख ८५ हजार रुपैयाँ आर्जन गरेकामा गत आर्थिक वर्षको सोहि अवधिमा संचालन नाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४७.५० प्रतिशतले बढेर १४ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३५.०६ प्रतिशतले बढेर २९ करोड ८३ लाख ४० हजार रुपैयाँ, सापटी २३.५३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ५६ लाख २५ हजार र निक्षेप संकलन ४४.३८ प्तिशतले बढेर १ अर्ब ३४ करोड १९ हजार रुपैयाँ आर्जन गरेको छ ।

खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्