गणपति लघुवित्तको नाफामा गिरावट अन्य सूचक कस्तो ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ५४.७५ प्रतिशतले घटेर १ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिसम्म कम्पनीले ४ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत अािर्थकमा सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा ७० दशमलव २७ प्रतिशत कम भएको छ । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम शीर्षकमा ३ करोड ३४ लाखभन्दा बढी रकम छुट्याएको थियो भने गत आवमा ४ करोड ११ लाखभन्दा बढी छुट्याएको छ । सो कारण अघिल्लो आवमा ४ करोड ६९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा १ करोड ३९ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
यस लघुवित्तको खुद व्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको नाफामा गिरावट आएको हो । यसले १ करोड ५१ लाख रुपैयाँ राइट ब्याक गरेको छ । असार मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष १३.६५% ले घटेको छ । यसको रिजर्भमा ४ करोड ७८ लाख ३३ रुपैयाँ जम्मा भएको छ भने कस्ट अफ फन्ड बढेको छ ।
१९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम ४ करोड ७८ लाखभन्दा बढी कायम भएको छ ।
खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५ पैसाले घटेर १२ रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ