छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, चुक्तापूँजी २७ प्रतिशतले बढ्यो « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, चुक्तापूँजी २७ प्रतिशतले बढ्यो



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा २१.४३ प्रतिशतले घटेर १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको कम्पनीको खुद नाफा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार समान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा घट्दा खुद नाफामा प्रभावित भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ८३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संचालन नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १२.५९ प्रतिशतले घटेर १ अर्ब ६० करोेड ७८ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ५ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब २२ करोड ९७ लाख ८६ हजार रुपैयाँमा सिमित रहेको थियो । गत वर्ष यसै अवधिमा भने ६ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता भएको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ, जगेडा कोष ५.८९ प्रतिशतले बढेर २ अर्ब ९ करोड २४ लाख ९७ हजार रुपैयाँ, सापटी २३.१५ प्रतिशतले घटेर ४ अर्ब ७७ करोड ७९ लाख २९ हजार रुपैयाँ र निक्षेप संकलन २०.४१ प्रतिशतले बढेर २७ अर्ब १ करोड ९४ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्