गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यस्तो छ समता घरेलु लघुवित्तको वित्तीय विवरण « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यस्तो छ समता घरेलु लघुवित्तको वित्तीय विवरण



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा २६.४३ प्रतिशतले घटेर ७ करोड ९७ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १० करोड ८३ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको सञ्चालन नाफा ९३.१३ प्रतिशत बढेर ४ करोड १६ लाख गरेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलन कम भएकाले घटेको देखिएको छ ।

अघिल्लो वर्ष १५ करोड ४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष ८ करोड ४९ लाख रुपैयाँ भन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ, जगेडा कोष रकम ६.४६ प्रतिशत बढेर १८ करोड ६७ लाख रुपैयाँ कर्जा सापटी २४.२८ प्रतिशत बढेर १ अर्ब ७४ करोड रुपैयाँ, कर्जा प्रवाह २५.७९ प्रतिशत बढेर ३ अर्ब ४० करोड रुपैयाँ, निक्षेप संकलन २८.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, निष्क्रिय कर्जा ३.७६ प्रतिशत कायम भएको छ ।

यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३ दशमलव २६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ दशमलव ४९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्