नेरुडे लघुवित्तको खुद नाफा २८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ मो वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २७.७८ प्रतिशतले बढेर २३ करोड ३० लाख १ हजार रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १८ करोड २३ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा ओरालो लागे पनि खुद ब्याज आम्दानीमा भने सुधार आएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.०३ प्रतिशतले बढेर ६१ करोड २८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५६ करोड ७२ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा २६.०७ प्रतिशतले घटेर २१ करोड ३९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको संचालन नाफा २८ करोड ९४ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २१.४९ प्रतिशतले बढेर ६० करोड रुपैयाँ, जगेडा कोष २४.५८ प्रतिशतले बढेर ७९ करोड १४ लाख ४१ हजार रुपैयाँ, सापटी रकम ३३.३० प्रतिशतले बढेर ५ अर्ब २० करोड ६८ लाख ८८ हजार रुपैयाँ, निक्षेप संकलन २२.५१ प्रतिशतले बढेर ३ अर्ब २० करोड ८३ लाख ८ हजार रुपैयाँ, कर्जा प्रवाह २६.२७ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड ५९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ ।
नेरुडेको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९१ पैसाले बढेर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा रहेको छ ।