आरम्भ चौतारी लघुवित्तको खुद नाफा ८ कराेड, अन्य सूचक कस्तो ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आरम्भ चौतारी लघुवित्तको खुद नाफा ८ कराेड, अन्य सूचक कस्तो ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २७ प्रतिशतले घटेर ८ करोड ३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६५ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशलमव ९४ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा समेत ओरालो लागेको छ । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा २६ प्रतिशत घटेको हो । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ११ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले ३० करोड ५९ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर ३४ करोड ६ लाख पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ, जगेडामा १४ करोड १३ लाख रुपैयाँ, सापटी ३ अर्ब १८ करोड रुपैयाँ, निक्षेप संकलन १ अर्ब ६२ करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी१९ दशमलव १६ (वार्षिकी), मूल्य आम्दानी अनुपात ४३ दशमलव ०६ गुणा, र प्रतिशेयर नेटवर्थ १३८ दशमलव ५१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्