लघुवित्त संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढ्यो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढाएको छ । राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्दा सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त विभिन्न सर्तहरूको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्न सक्ने व्यवस्था रहेको थियो । तर, राष्ट्र बैंकले उक्त व्यवस्थाको परिमार्जन गर्दै ऋणपत्रको सीमा शत प्रतिशत पु¥याइदिएको हो ।


प्रतिक्रिया दिनुहोस्