स्वाभिमान लघुवित्तको खुद नाफा ५ करोड २७ लाख माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सामान्य सुधार आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ०.६९ प्रतिशतले बढेर ५ करोड २७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा भने लघुवित्तले ५ करोड २३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.६८ प्रतिशतले बढेर १२ करोड ९४ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड २८ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ६१ लाख ९५ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा १६९.४६ प्रतिशतले घटेर ६ करोड ६८ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ३२.३० प्रतिशतले बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष ३१.९५ प्रतिशतले बढेर ८ करोड १८ लाख ७७ हजार रुपैयाँ, सापटी २६.६५ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ७७ लाख ८४ हजार रुपैयाँ, निक्षेप ३०.०८ प्रतिशतले बढेर ६६ करोड ८० लाख १५ हजार रुपैयाँ, कर्जा प्रवाह ४०.०५ प्रतिशतले बढेर २ अर्ब ७ करोड २३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ ।
साथै, कम्पनीको प्रतिसेयर आम्दानी भने १३ रुपैयाँ ५९ पैसाले घटेर ४३ रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ ।