सपोर्ट लघुवित्तको खुद नाफा २ करोडमा खुम्चियो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तके खुद नाफा ३४.९६ प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ८८ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कम्पनीको संचालन नाफा ३१.७७ प्रतिशतले घटेर ३ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ८ कररोड ५८ लाख रुपैयाँ, जगेडा कोष ६७.५९ प्रतिशत बढेर ५ करोड १० लाख रुपैयाँ, कर्जा सापटी ३० दशमलव २४ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ३० करोड ५८ लाख कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, निक्षेप संकलन ३४.७१ प्रतिशत बढेर २६ करोड ९४ लाख, निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २५ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ१५९ दशमलव ५५ रहेको छ ।