महिला, जीवन विकास र नेष्डो समृद्ध लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ठ विवरण

काठमाडौं । गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भइरहेको छ । हालसम्म अधिकांश बैैंक तथा वित्तीय संस्थाले आ आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको त्रैमासिक विवरण आर्थिक वर्ष सकिएको २१ दिन भित्र सार्वजनिक गर्ने निर्देशन दिए बमोजिम विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्नो चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेको छ । आर्थिक वर्षको २१ दिने भोलि (साउन २१ गते) पुग्दै छ । बैंक तथा वित्तीय संस्थाले भोलिसम्म वित्तीय विवरण सार्वजनिक गरि सक्नुपर्नेछ ।
अहिलेसम्म सार्वजनिक गरेका लघुवित्तले मध्य सबै भन्दा बलिया ३ लघुवित्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको यस्तो छ अवस्था:
खुद नाफा
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा ६१.४३ प्रतिशतले बढेर १५ करोड ९९ हजार रुपैयाँ आर्जन गरेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १३.४० प्रतिशतले बढेर ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी
महिला लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख २६ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको खुद ब्याज आम्दानी ७.५८ प्रतिशतले घटेर ३८ करोड २३ लाख ३१ हजार रुपैयाँमा पुगेको छ ।
संचालन नाफा
महिला लघुवित्तको संचालन नाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको संचालन नाफा ११२. ९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको संचालन नाफा ७५.०४ प्रतिशतले बढेर ३५ करोड २३ लाख २ हजार रुपैयाँ रहेको छ ।
चुक्तापूँजी
महिला लघुवित्तको चुक्तापूँजी ४७.५० प्रतिशतले बढेर १४ करोड ७५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको चुक्तापूँजी ७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको चुक्तापूँजी ४८.१५ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
जगेडा कोष
महिला लघुवित्तको जगेडा कोष ३५.०६ प्रतिशतले बढेर २९ करोड ८३ लाख ४० हजार रुपैयाँ, जीवन विकास लघुवित्तको जगेडा कोष १५.३३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको जगेडा कोष ५३.०७ प्रतिशतले बढेर ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन
महिला लघुवित्तको निक्षेप संकलन ४४.३८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १९ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको निक्षेप संकलन १८ प्रतिशतले बढेर ९ अर्ब ५४ करोड ६६ लाख ९१ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको निक्षेप संकलन १२.४६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
कर्जा
महिला लघुवित्तको कर्जा प्रवाह ३३.२३ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ, जीवन विकास बैंकको कर्जा प्रवाह १६.२३ प्रतिशतले बढेर २३ अर्ब ७७ करोड ९३ लाख ५७ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको कर्जा प्रवाह २२.९० प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ३६ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।
प्रतिसेयर आम्दानी
महिला लघुवित्तको प्रतिसेयर आम्दानी ९.४४ प्रतिशतले बढेर १०१ रुपैयाँ ७६ पैसा, जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसा र नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको छ ।
प्रतिसेयर नेटवर्थ
महिला लघुवित्तको प्रतिसेयर नेटवर्थ ५.८१ प्रतिशतले घटेर ३०२ रुपैयाँ २६ पैसा, जीवन विकास लघुवित्तको प्रतिसेयर नेटवर्थ ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा र नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा रहेको छ ।