प्रभु बैंकका ग्राहकले लोकहित डेन्टलमा आकर्षक छुट पाउने « Artha Path
२४ श्रावण २०७९, मंगलवार

प्रभु बैंकका ग्राहकले लोकहित डेन्टलमा आकर्षक छुट पाउने



काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा गणेश साह द्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त प्रालि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरीरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रालि द्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान हुँदैन ।

सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिका सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्