सानिमा बैंकको छात्रवृत्ति योजनाको आवेदन खुला « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

सानिमा बैंकको छात्रवृत्ति योजनाको आवेदन खुला



काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दे शिक्षा स्वास्थ्य र विपन्न बर्गलई प्रतक्ष्य फाईदा पुग्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । सानिमा बैंकले लामो समयदेखी काठमाडौं उपत्यका बहिरका विभिन्न शाखाहरुबाट कक्षा ११ र १२ का २–२ विधार्थीको रोजाईको शैक्षिक संस्था उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

त्यहि कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको हो । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ प्रति महिना गरी प्रत्येक विधार्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्नेछ ।
छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्