नेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड माथि, रिजर्भ कोष ११५% ले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड माथि, रिजर्भ कोष ११५% ले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा २७.१२ प्रतिशतले बढेर ४० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा खुद नाफामा सुधार आएको देखिएको छ । यस अवधिमा लघुवित्तको संचालन नाफा २७.५३ प्रतिशतले बढेर ६३ करोड ७३ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ४९ करोड ९७ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६२ करोड ७० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी २७.६३ प्रतिशतले बढेर ८० करोड ३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ११५.२४ प्रतिशतले बढेर ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ, सापटी ०.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ९१ हजार रुपैयाँ, निक्षेप संकलन २०.७१ प्रतिशतले ३ अर्ब १२ लाख ७८ लाख ४६ हजार रुपैयाँ, कर्जा १५.८९ प्रतिशतले बढेर १० अर्ब ७२ करोड ९६ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी भने ३३ रुपैयाँ ३४ पैसाले घटेर ६८ रुपैयाँ ४४ पैसा कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७८ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्