उन्नति सहकार्य लघुवित्तको यस्तो छ चौथो त्रैमाससम्मको विवरण « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उन्नति सहकार्य लघुवित्तको यस्तो छ चौथो त्रैमाससम्मको विवरण



काठमाडौं । उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा लघुवित्तले ३ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५४.६७ प्रतिशत कम हो । अघिल्लो वर्ष यसले ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानी ओरालो लाग्दा खुद नाफामा प्रभाव परेको देखिएको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.१७ ले घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २४ करोड ६८ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी घटेर २१ करोड १८ लाख ८७ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ६०.६८ प्रतिशतले घटेर ५ करोड ३४ लाख ९५ हजार रुपैयाँ, चुक्तापूँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ, जगेडा कोष ४२.५५ प्रतिशतले बढेर ९ करोड ९ लाख २५ हजार रुपैयाँ, सापटी १.०६ प्रतिशतले बढेर २ अर्ब २२ करोड ८२ लाख ९८ हजार रुपैयाँमा रहेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसाले घटेर ५३ रुपैयाँ ९२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्