निर्धन उत्थान लघुवित्तको मुनाफा अर्बपति क्लबमा, चुक्तापूँजी साढे २ अर्ब पुग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निर्धन उत्थान लघुवित्तको मुनाफा अर्बपति क्लबमा, चुक्तापूँजी साढे २ अर्ब पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २४ गते सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा घटेको भएपनि अर्बपति क्लब मै रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा १३.५० प्रतिशतले घटेर १ अर्ब २ करोड ८२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब १८ करोड ८८ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ करोड ७४ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड ७० लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा २ अर्ब ६२ करोड ५० लाख ८३ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा संचालन नाफा ४३.९८ प्रतिशतले घटेर १ अर्ब ४७ करोड ६ लाख ८५ हजार रुपैयाँमा सिमित भइको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २९.५० प्रतिशतले बढेर २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ, जगेडा कोष १२.२५ प्रतिशतले बढेर १ अर्ब ८०करोड ७ लाख ३४ हजार रुपैयाँ, सापटी ०.६७ प्रतिशतले घटेर ६ अर्ब २८ करोड ८१ लाख ४ हजार रुपैयाँ, निक्षेप संकलन १४.९४ प्रतिशतले बढेर १८ अर्ब १८ करोड २८ लाख २९ हजार रुपैयाँ र कर्जा १५.५९ प्रतिशतले बढेर २७ अर्ब ४३ करोड ७३ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा ४.११ प्रतिशबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ । पुँजी वृद्धि र खुद नाफामा कमी हुँदा यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसाले घटेर ४६ रुपैयाँ ८५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१९ रुपैयाँ ८६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्