मानुषि लघुवित्तको मुनाफामा १०१ प्रतिशतको छलाङ, चुक्तापूँजी १० करोड पुग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मानुषि लघुवित्तको मुनाफामा १०१ प्रतिशतको छलाङ, चुक्तापूँजी १० करोड पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौ । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १०१.९२ प्रतिशतले बढेर २ करोड ४० लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १ करोड १९ लाख ४ हजार रुपैयाँ आर्जन गरेको हो ।

गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवमा मात्रै १३ करोड ४६ लाख खराब कर्जा संकलन गरेको छ । यस अवधिमा लघुवित्तको संचालन नाफामा समेत पहिरो गएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा भने ९ करोड ७४ लाख ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडामा ६ करोड ४९ लाख ९८ हजार रुपैयाँ, सापटी ६० करोड २९ लाख ७५ हजार रुपैयाँ, निक्षेप संकलन १९.९२ प्रतिशतले बढेर ७७ करोड ६७ लाख ७८ हजार रुपैयाँ, कर्जा ५३.१० प्रतिशतले बढेर १ अर्ब ५५ करोड ५४ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी २१ दशलमव ९८(वार्षिक),मूल्य आम्दानी अनुपात ४५ दशमलव ६० गुणा,तरलता अनुपात ४ दशमलव १९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्