एनएमबि लघुवित्तको मुनाफा साढे १२ करोड माथि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ८७ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा १२ करोड ७९ लाख मात्र कमाएको छ ।
गत आर्थिक वर्षको कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी ६ प्रतिशत र सञ्चालन नाफा ३५ प्रतिशत घटेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६५ करोड ५८ लाख, जगेडामा ३७ करोड ११ लाख सञ्चित, सापटी ३ अर्ब ३८ लाख, निक्षेप संकलन १ अर्ब ९७ करोड निक्षेप संकलन गरेर कम्पनीले ५ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६० पैसा रहेको छ ।