जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ४ करोड ९५ लाख, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ४ करोड ९५ लाख, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ६ प्रतिशतले घटेर ४ करोड ९५ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीले ५ करोड ३२ लाख नाफा कमाएको थियो ।

गत अािर्थक वर्षमा कम्पनीको सञ्चालन नाफामा कमि आएकाले नाफमा प्रभाव परेको हो । अघिल्लो आर्थिकको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ५ प्रतिशत कमि आएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा १५ करोड ६९ लाख खुद ब्याज आम्दानी रहेकोमा गत आवमा बढेर १७ करोड १२ लाख पुगेको हो ।

कम्पनीको चुक्तापूँजी १४ करोड ७९ लाख, जगेडामा ११ करोड ७४ लाख सापटी १ अर्ब २६ करोड, निक्षेप संकलन ८१ करोड २२ लाख र कर्जा २ अर्ब २४ करोड रहेको छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्