मेरोमाइक्रोफाइनान्स लघुवित्तको मुनाफा ४४ करोड माथि, चुक्तापूँजी अर्बपति क्लबमा « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

मेरोमाइक्रोफाइनान्स लघुवित्तको मुनाफा ४४ करोड माथि, चुक्तापूँजी अर्बपति क्लबमा



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ७.२९ प्रतिशतले घटेर ४४ करोड २२ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने १४.४३ प्रतिशतले बढेर १ अर्ब ९ करोड २५ लाख ५४ हजार रुपैयाँ आजृन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५ करोड ४७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यता, सञ्चालन नाफा भने ७.२१ प्रतिशतले घटेर ४४ करोड २२ लाख २८ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर १ अर्ब २० करोड, जगेडा कोष ५२.५५ प्रतिशतले बढेर ४४ करोड २६ लाख ३९ हजार रुपैयाँ, सापटी ११.७८ प्रतिशतले बढेर १० अर्ब ३९ करोड १५ लाख ३१ हजार रुपैयाँ, निक्षेप संकलन ४१.५० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ९० लाख ८४ हजार रुपैयाँ र कर्जा २०.५० प्रतिशतले बढेर १६ अर्ब ४२ करोड २४ लाख २ हजार रुपैयाँ पुगेको छ ।

यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ९९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्