मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना”



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ६ गुणा सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” सन्चालनमा ल्याएको छ । मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।


बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ ।


यो योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ । मुद्दती खाता खोली यो योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्