सबैंको लघुवित्तको शेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको २२ हजार ४२ कित्ता शेयर बिक्री गर्ने लागेको हो र
लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (भदौ २ गते) ले ३५ दिन भित्रसंस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा निवेदन पेश गर्नुपर्नेछ ।
साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।