महुली लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले खरिद गर्ने पाउँछन् ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

महुली लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले खरिद गर्ने पाउँछन् ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सस्थापक समूह तर्फको २ हजार कित्ता शेयर बिक्री खुला गरेको हो ।

लघुवित्तका संस्थापक शेयरधनी दुर्गा नन्द चौधरीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै लघुवित्तले ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नआएपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण तथा संस्थाले सूचना प्रकाशित भएको ( भदौ ६) मितिबाट ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुली सप्तरीमा निवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्