धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, ५ जना भाग्यमानीले पाए ११ कित्ता « Arthapath.com
८ भाद्र २०७९, बुधबार

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, ५ जना भाग्यमानीले पाए ११ कित्ता



काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँछ सम्पन्न भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज (भदौ ८ गते) आईपिओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएकोथियो । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । त्यस्तै १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाखको ३२।१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन खुला गरेका थियो ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्