नेपालको समृद्धिका लागि एनआरएनएको सहयोग प्रशंसनीय « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

नेपालको समृद्धिका लागि एनआरएनएको सहयोग प्रशंसनीय



बैंकक (थाइल्याण्ड) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्पूर्ण रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा बोल्दै श्रममन्त्री कुँवरले सबै एनआरएनए एकजुट भएमा समृद्ध नेपाल बनाउन सकिने बताए ।

संघले भुकम्प समय देखि लिएर कोभिडको समयमा पनि नेपाललाई धेरै सहयोग गरेको स्मरण गर्दे मन्त्री कुँवरले नेपालीका नेपाली नै एकताबद्ध हुनुपर्ने बताए । वैदेशिक रोजगारीका लागि नेपालबाट ५० लाख भन्दा बढी नेपाली कामदार मुलुक बाहिर छन् । उनीहरुले पठाएको रेमिट्यान्सले नपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको उनले बताए ।

गैरआवासीय नेपालीको संविधानमा उल्लेख गरेको आर्थिक, सांस्कृतिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन ल्याइएको बताए । नेपाल चिनाउने पुर्खालाई पहिचान दिलाउनुपर्ने उनले बताए । गैरआवासीय नेपालीले उठाएका माग छलफल गरी टुंगोमा पुग्न सकिने बताए ।

त्यस्तै मन्त्री कुवँर नेपालमा पनि धेरै विदेशी नागरिकले काम गर्दे आएको बताए । इट्टा भट्टा देखि लिएर गलैचा र सुन चाँदीका सामाग्री निर्माणमा विदेशी नागरिकको प्रयोग भएको उनले बताए । जहाँ भारतीय, पाकिस्तानी, बंगलादेशी मुलुक लगायतका कामदारले भित्रिएका छन् । तर, अब नेपालल शैक्षिक भिसा प्रदान गरी विदेशी विद्यार्थी नेपाल भित्राउने उनले बताए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार दिनुपर्ने बताए । नेपालको संविधानमा नै गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार दिने बिषयमा व्यवस्थित गरिएको छ । यस बिषयमा सबै राजनीतिक दलको समर्थन भए पनि कुन अवस्थामा कतिसम्मको अधिकार दिने बिषयमा छलफल भएको उनले बताए ।

नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख ओम शर्माले नेपाल श्रीलंका नबन्ने बताएका छन् । संमृद्धि गफबाट मात्रै नआउने भन्दै लगानी गर्न जोड दिए । नेपालमा लगानीको प्रचुर संभावना रहेको भन्दै शर्माले नेपालको कुनाकाप्चामा बस्ने नेपालीको जीवन परिवर्तन गर्ने गरी लगानीमा विविधीकरण गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेल शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा उद्योगीहरु व्यापारतर्फ आकर्षित भएकाले आयातको ग्राफ बढ्दै गएको उनको भनाइ छ ।

‘उद्योगीहरु उत्पादनतर्फ किन आकर्षित छैनन्, खोजी हुन जरुरी छ’ उनले भने । वैदेशिक रोजगारी कम हुनेगरी नेपालमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्