तिजको अवसर पारेर मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
१३ भाद्र २०७९, सोमबार

तिजको अवसर पारेर मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तिजको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार संस्थाले सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

एकै दिनचार स्थानमा भएको कार्यक्रमहरुमा सुदुर पश्चिमको कैलालीको ग्रिनएसियामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराको प्रमुख आतिथ्यतामा होटल ग्रिन एसियामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय साक्षरताको बारेमा उपस्थितहरुलाई प्रशिक्षित गरेका थिएभने सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । १३५जनाको उपस्थिती रहेको कार्यक्रममा मेट लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख रितेन्द्र कार्कीले बीमा सम्बन्धि सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यसै गरी आजै बागमतीप्रदेश अन्तर्गत चितवन जिल्लाका चार वटा शाखाहरुमा आवद्ध १५० जना सदस्यहरुको उपस्थितीमा भरतपुर स्थित कटेरो पार्टी प्यालेसमा कार्यक्रम गरेको हो । चितवनको आदर्श नारी विकास केन्द्रकाअध्यक्षएवं महिलाअधिकारकर्मी मिना खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठले सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि ्रशिक्षित गरेका थिए भने भरतपुर शाखाका शाखा प्रमुख सरस्वतीतिवारीले कार्यक्रम संचालन गरेका थिए ।

बागमतीप्रदेश अन्तर्गत नै बनेपाको पार्टी भेन्यूमापनिआजै भक्तपुर र काभ्रेका १२५ जना सदस्यहरुको उपस्थितीमावित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । बनेपा शाखाका शाखा प्रमुख ललिता पौडेलले संचालन गरेको कार्यक्रममासंस्थाकासहायककार्यकारी प्रमुखबिर्ख बहादुर बोहराले प्रमुखआतिथ्यता संगै सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षित गराएको थियो भने विभागिय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।बागमतीप्रदेशको कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको थियो ।

आइतबार नै प्रदेश नं. १ को चन्द्रगढीमा पनि संस्थाले वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । होटल आनी हेरिटेज प्लाजाभद्रपुरमा भएको कार्यक्रममा नगरपालिकाका उप मेयर राधाकार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममासंस्थाका संचालक संजय श्रेष्ठ,पुर्व संचालकदिपश्रेष्ठ,पुर्व कार्यकारी प्रमुखकुमार याक्सो, जनशक्ति विभाग प्रमुख लोमश भट्टराई शुभकामन मन्तव्य दिएकाथिए । झण्डै २ सय जनाको सहभागी रहेको कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्सका बरिष्ठ नायब महाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट मार्केटिङ प्रमुखअर्चना केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमप्रदेश नं. १ का प्रमुख सुरेश खड्काले संचालन गरेका थिए भने सहभागीहरुलाई वित्तीय जानकारी क्लष्टर प्रमुख वालकृष्ण घिमिरेले दिएका थिए ।
हरितालिकातिजको पुर्व सन्ध्यामा संस्थाको सातै प्रदेशमावित्तीय साक्षरताकार्यक्रम संचालनभएको हो । शनिवार संस्थाको मधेश प्रदेशमाप्रदेश प्रमुख रामकिशोर चौधरीको संयोजन तथा सहजिकरणमा २०० जना सहभागीहरुलाई कलैयाको दरवार होटलमा बीमातथावित्तीय साक्षरता सम्बन्धिप्रशिक्षित गरेको थियो ।

शुक्रबार गण्डकी प्रदेशको नवलपुरकावासोती स्थित स्वस्तिकहोटल एण्ड पार्टी भेन्यूमा १०० जना सदस्यहरुको उपस्थितीमाकार्यक्रम सम्पन्न गरेको थियो । आइएमई लाइफइन्स्योरेन्स को सहकार्यमाभएको कार्यक्रममाप्रदेश प्रमुख राजेश श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धि सहजिकरण गरेका थिए ।

शुक्रबार नै लुम्बिनीप्रदेशको प्रादेशिककार्यालय शिशैको संयोजनमानवलपरासी स्थित गोपिगञ्जको होटल पिसफूलमा १२५ भन्दा बढिको सहभागितामाकार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्लष्टर प्रमुखध्रुव भण्डारीले सहजिकरण गरेका थिए ।

हरितालिका तिजको पुर्व सन्ध्यामा मिर्मिरेले महिला दिदिवहिनीहरुलाई तिजको शुभकामना आदानप्रदान संगै बीमा तथा वित्तीय साक्षरता सम्बन्धी फलदायी कार्यक्रमहोस भन्ने अभिप्रायले कार्यक्रमगरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राजजोशीले जानकारी गराउनुभयो । संस्थाले यहि १५ गते बुद्धज्योती लघुवित्त संगको एकिकृत कारोवार शुरु गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्