साधना लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।
लघुवित्तले वरिष्ठ अधिकृत । अधिकृत । सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत । सहायक अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाईजर । वरिष्ठ सहायक, सहायक । कनिष्ठ सहायक र ब्यवस्थापन प्रशिक्षार्थी । सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २८ गते) ले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी लघुवित्तको वेबसाइट www.sadhanalaghubitta.com मार्फत आवेदन दिन सकिनेछ ।
