प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तको शेयर बिक्रीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तको शेयर बिक्रीमा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले असोज ५ गतेदेखि ५१ हजार ९९० कित्ता विक्री गर्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १३ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो । बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा खोलिने छ ।


प्रतिक्रिया दिनुहोस्