विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।
लघुवित्तले अधिकृत । कनिष्ठ अधिकृतमा १ जना, वरिष्ठ सहायकमा १ जना, सहायकमा २ जना र कनिष्ठ सहायक ख । प्रशिक्षार्थीमा ५ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौं ३१ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
