बाह्र वर्षको यात्रापार गर्दै मिर्मिरे लघुवित्त « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

बाह्र वर्षको यात्रापार गर्दै मिर्मिरे लघुवित्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवाको १२औं वर्ष पुरा गरी १३औं वर्षमाप्रवेश गरेको अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरीएवं वालवालिका पुर्नस्थापना केन्द्र “आदर्श गृह नेपाल”लाई रु. २५ हजार बराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामाग्री सहयोग गरेको छ । बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठ, उपप्रमुख प्रकाश बोहरा र भरतपुर शाखाप्रमुख सरस्वती तिवारीको उपस्थितीमा आदर्श गृह नेपालका अध्यक्ष मिना खरेललाई तीन सिटे फर्निचर, खाद्यान्न सामाग्रीहरु र सेनेटरी प्याड वितरण गरेको हो ।

असाहायहरुलाई पुर्नस्थापना गर्न लागि परेको गृहलाई हरेक व्यक्ति, संस्था, समुदायले सहयोग गर्न अनुरोध गर्दै संस्थाका प्रदेश प्रमुख श्रेष्ठले निरन्तर रुपमा यस प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरिरहने बताए । संस्थागत रुपमा संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमहरु मध्ये मिर्मिरेले सहयोग गरेकोमा संस्थाका अध्यक्ष मिना खरेलले धन्यवाद पत्र प्रदान गर्दै यस वर्षको विशेष सहयोगी हुनुभएकोमा खुशी लागेको बताए ।

मिर्मिरेले असोज ७ गतेको वार्षिक उत्सवको अवसर पारेर व्यापी रुपमा अधिराज्य भरीका प्रदेश एवं शाखाहरुमा विभिन्न सामाजिक कार्यहरु सहित वार्षिक उत्सव मनाइरहेको छ । विभिन्न प्रदेशहरुमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न सामाजिक संस्थाहरुमा सहयोग तथा सरसफाइएवं डष्टविनहरु वितरण लगायतको कार्यक्रमहरु गरिरहेको छ भने भोली ७ गते केन्द्रीय कार्यालय बनेपा सहित देशव्यापी रुपमा रहेका १५१ वटा शाखाहरुमा विभिन्नकार्यक्रमहरु सहित वार्षिक उत्सव मनाउन लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिए ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गतभाद्रमा रुपन्देही जिल्लाको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी ६३ जिल्लामा १५१ वटा मार्फत झण्डै १ लाख ४० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमावित्तीय सेवाप्रदानगरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्