हिमालयन क्यापिटलको साधारण सभा कात्तिक १ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको पाँचौ औं वार्षिक साधारण सभा कात्तिक १ गतेका लागि बोलाएको छ । असोज ४ गते बसेको संचालक समितिको बैडठकले सभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्र्टड कार्यालय, त्रिदेवी मार्ग, ठमेल, वडा नं. २७, का.म.पा. काठमाडौंमा बिहान ११ः०० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीले भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने गाभिने तथा प्राप्ति गर्नु पर्नेभएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।













