एनआईबिएल एस क्यापिटलले बोलायो १०औं वार्षिक साधारण सभा
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले १०औं वार्षिक साधारण सभा कात्तिक १८ गतेका लागि बोलाएको छ । असोज २६ गतेको सञ्चालक समितिको बैठकले सभा क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २० प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउनेछ ।
क्यापिटलले चुक्तापूँजी २७ करोडको आधारमा २० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
साथै संचालक समितिको भत्ता बृद्धि, आर्थिक वर्ष २०७८।७९ मा कम्पनीको संस्थागत उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम १३ लाख १२ हजार ४१९ रुपैयाँ पारित गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेशन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।















