सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४७ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले ३ जना संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको (कात्तिक ६) मितिबाट ३५ दिनभित्र सम्पूर्ण कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१३,साँगा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरु बाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्