१४ प्रतिशत लाभांश पारितका लागि लक्ष्मी क्यापिटलले बोलायो साधारण सभा
काठमाडौं । लक्ष्मी क्यापिटलले वार्षिक साधारण सभा कात्तिक २७ गते गतेका लागि बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौंमा बिहानको ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको छ ।













