प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको शेयर बिक्रीमा « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको शेयर बिक्रीमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूह तर्फको ५१ लाख कित्ता शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक खरीदकर्ताहरूलाई आगामी सात दिनभित्र काठमाडौं, नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं शेयर बिक्री खुला गरेकोमा तोकिएको अवधि भित्र विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्