छिमेक लघुवित्तको मुनाफामा छलाङ, चुक्तापूँजी २ अर्ब २३ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

छिमेक लघुवित्तको मुनाफामा छलाङ, चुक्तापूँजी २ अर्ब २३ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको मुनाफा आकाशिएको हो ।

चालु आर्थिक वर्ष असोज मसान्तसम्मको लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५३ करोड ३८ लाख १७ हजार रुपैयाँ रहेको लघुवित्तको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको संचालन नाफा ५२.७४ प्रतिशतले बढेर ४६ करोड ६९ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ, जगेडा कोष ३१.४२ प्रतिशतले घटेर २ अर्ब १४ करोड ६ लाख ९१ हजार रुपैयाँ, निक्षेप संकलन २०.९९ प्रतिशतले बढेर २८ अर्ब ५१ करोड ९७ लाख १३ हजार रुपैयाँ, कर्जा प्रवाह २८.३९ प्रतिशतले बढेर ३३ अर्ब ५९ करोड ४९ लाख ८५ हजार रुपैयाँ र वितरण योग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्