जीवन विकास लघुवित्तको नाफा झण्डै १५ करोड, चुक्तापूँजी अर्बपति क्लबमा हुदाँ प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार लघुवित्तले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्ष भन्दा १६.४० प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको संचालन नाफा ओरालो लाग्दा मुनाफा समेत प्रभावित भएको हो । यस अवधिमा लघुवित्तको मुनाफा २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँमा सिमित भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १५ करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३८ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको लघुवित्तको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमासम्मा ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख ८० हजार रुपैयाँमा सिमित भएको हो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ , जगेडा कोष १२.६७ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६८ लाख ९९ हजार रुपैयाँ, सापटी रकम ६.०६ प्रतिशतले घटेर १० अर्ब ६ करोड ४२ लाख ३७ हजार, निक्षेप संकलन १६.६० प्रतिशतले बढेर ९ अर्ब ७६ करोड ९ लाख २३ हजार रुपैयाँ र कर्जा प्रवाह १२.३१ प्रतिशतले बढेर २४ अर्ब २६ करोड ३७ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १ पैसाले घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा छ ।


















