साना किसान लघुवित्तको मुनाफामा छलाङ, चुक्तापूँजी १ अर्ब ५६ पुग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

साना किसान लघुवित्तको मुनाफामा छलाङ, चुक्तापूँजी १ अर्ब ५६ पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । साना किसान लघुवित्त वित्तीय सस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफामा आकर्षक सुधार आएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको लघुवित्तकोद खुद नाफा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ४१.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १६ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेके हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा ४१.६० प्रतिशतले बढेर ३३ करोड १९ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको २३ करोड ४४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशतले बढेर ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरकेो छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९ करोड ९५ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधि कम्पनीको चुक्तापूँजी २५ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा कोष १७.६८ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ८७ लाख ९० हजार रुपैयाँ, निक्षेप संकलन १ अर्ब ३२ करोड ९४ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसअवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ पैसाले बढेर ७५ पैसा र प्रतिशेयर नेटवर्थके ५९ रुपैयाँ ५२ पैसा रहेको छ ।

साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्