एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने « Arthapath.com
१६ असार २०८३, मंगलबार

एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने



काठमाडौं । काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने रु. १०० अंकित दरका ७ लाख ६ हजार ९०९ कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।

साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा प्रत्याभूतिको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको छ । एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोवार सुभारम्भ गरेको थियो ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा अवस्थित छ । उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्