डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा स्पा, जिम र वेलनेस सेवामा विशेष छुट « Arthapath.com
१६ असार २०८३, मंगलबार

डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा स्पा, जिम र वेलनेस सेवामा विशेष छुट



काठमाडौं । डिसमिडिया नेटवर्क र तुषाल मल्टिभेन्यु बीच डिशहोमका ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत भएको सहकार्यले ग्राहकलाई स्वास्थ्य तथा वेलनेस सेवामा सहुलियत उपलब्ध गराउनुका साथै ग्राहक सहभागिता र मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध ग्राहक, कर्मचारी, अधिकृत डिलर तथा सेवा साझेदारले तुषाल मल्टिभेन्युका विभिन्न सेवामा विशेष छुट पाउनेछन्। जस्तै कि साउना, स्टिम र जाकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, छनोट गरिएका वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत, फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ।

छुट प्राप्त गर्न ग्राहकले ‘माईडिसहोम’ एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर ट्रान्क्विलिटी स्पाका शाखाबाट छुट लिन सकिने कम्पनीले जनाएको छ।

समझदारीपत्रमा तुषाल मल्टिभेन्युका सूचना प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी एकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

डिशहोमका अनुसार भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम ग्राहक सन्तुष्टि अभिवृद्धि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने दीर्घकालीन योजनाको हिस्सा हो। कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट र प्रिमियम सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले आगामी दिनमा साझेदार सञ्जाल थप विस्तार गर्दै ग्राहकका लागि थप विशेष सुविधा र जीवनशैलीसम्बन्धी लाभ उपलब्ध गराउने योजना रहेको पनि जनाएको छ।


प्रतिक्रिया दिनुहोस्