धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर जाने सम्झौता « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर जाने सम्झौता



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने समझदारी भएको छ । आइतवार भएको मर्जर सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेकाहुन ।

सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने निर्णय गरेको छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने भएका हुन ।

सम्झौतासँगै मर्जरको लागि बनाएको मर्जर संयोजक समिति धौलागिरीबाट सञ्चालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्