तीन कम्पनीको शेयर कारोबार फुकुवा « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

तीन कम्पनीको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा तीन कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर नेप्सेले कारोबार फुकुवा गरेको हो ।

यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

यी कम्पनीको शेयर भोलि बुधवारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्