नेप्सेले गर्यो २ वर्ष पछि नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

नेप्सेले गर्यो २ वर्ष पछि नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । २ वर्ष पछि कम्पनीको शेयर फुकुवा भएको हो ।

नेप्सेले कम्पनीका आधारभूत शेयरधनीको बाहेक अन्यको शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।

सोहीअनुसार कम्पनीको शेयर भोलि बुधवारदेखि कारोबारमा आउनेछ । यस नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता गरेपछि २०७७ पुस १७ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का थियो ।


प्रतिक्रिया दिनुहोस्