कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मिति (मंसिर २२ गते) ले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्यब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनलिे जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्