नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा विजय र उपाध्यक्ष ढकाल चयन « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा विजय र उपाध्यक्ष ढकाल चयन



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले नयाँ कार्य समिति गठन गरेको छ । संघको मंसिर २२ गते १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न गर्दै कार्य समिति चयन गरेको हो ।

उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । सनराइज क्यापिटल लिमिटेडका क्षेष्ठ अध्यक्षमा चयन गरेको हो । त्यस्तै, उपाध्यक्ष पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लिमिटेडका भएका हुन । महासचिवमा एनआइसि एशिया क्यापिटल लिका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट वैकिङग लिका मनिष नारायण जोशीलाई चयन गरेको हो ।

सदस्यमा नागरिक लगानी कोषका नारायण प्रसाद घिमिरे, प्रभु क्यापिटल लिका दिनेश थकाली, नेपाल लाइफ क्यापिटल लिका नविन बास्कोटा, एनआइविएल एस क्यापिटल लिका मेख बहादुर थापा चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्