निर्धन उत्थान लघुवित्तका ३ जना संचालकको कार्यकाल थप « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

निर्धन उत्थान लघुवित्तका ३ जना संचालकको कार्यकाल थप



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना संचालनको कार्यकाल थप गरिएको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले तीन जना संचालकको कार्यकाल थप गरेको हो ।

कम्पनीको २०औं वार्षिक साधारण सभाले निर्वाचित गरेका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझि र सम्रिता तिवारीको कार्यलय थप गरेको हो ।

उनीहरुको कार्यलय मंसिर २४ गते समाप्त हुन लागेको हुदाँ कम्पनीको आगामि २४औं वार्षिक साधारण सभाबाट निर्वाचित भई आउने संचालकहरुलाई कार्यभाल हस्तान्तरण गर्ने गरी थप गरीएको हो ।


प्रतिक्रिया दिनुहोस्