राष्ट्र बैंकले थप्यो बैंक तथा वित्तीय कम्पनीको संस्थापक र सीईओ बन्नका लागि योग्यता, के-के छन् थप नयाँ ? « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

राष्ट्र बैंकले थप्यो बैंक तथा वित्तीय कम्पनीको संस्थापक र सीईओ बन्नका लागि योग्यता, के-के छन् थप नयाँ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु (पूर्वाधार विकास बैंक) को संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि योग्यता कायम गरेको छ ।

राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका संस्थापक सीईओको योग्यता सम्बन्धी नयाँ व्यवस्था गरेको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्रै सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत बन्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन÷परिमार्जन तथा थप गरि यस्तो व्यवस्था गरेको हो ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको हुनुपर्ने र व्यवस्था थप गरेको छ ।

यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको भए सञ्चालक वा सीईओ बन्न नपाउने व्यस्था भएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्