स्टान्डर्ड चार्टर्ड बैंकले झण्डै साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
३ पुष २०७९, आईतवार

स्टान्डर्ड चार्टर्ड बैंकले झण्डै साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २४ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये ९ लाख ६० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १४ लाख ४० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । बैंकको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्