३० प्रतिशत लाभांश पारितका लागि फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा पुष ३० गते

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले निर्णय गरे बमोजिम शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको उपयुक्त संस्थाहरू पहिचान गर्नेलगायत काम गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १७ गते बुक क्लो गर्ने भएको हुदाँ पुष १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।