न्यूनतम १४५ रुपैयाँमा शेयर किन्ने हो ? सिटिजन्स बैकले गर्यो बिक्री खुला « Arthapath.com
२६ असार २०८२, बिहीबार

न्यूनतम १४५ रुपैयाँमा शेयर किन्ने हो ? सिटिजन्स बैकले गर्यो बिक्री खुला



काठमाडौ ः सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनी बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १४ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि कम्पनीले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्