कुमारी बैंक र एनसीसी बैंकको कुल १२० शाखा एक आपसमा गाभिने « Arthapath.com
२६ असार २०८२, बिहीबार

कुमारी बैंक र एनसीसी बैंकको कुल १२० शाखा एक आपसमा गाभिने



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको कुल १२० शाखा एक आपसमा गाभिएर भएका छन् । दुबैं बैंकका शाखा मर्ज पछि कुमारी बैंक लिमिटेडको नामबाट ६० वटा शाखा कार्यालयबाट कारोबार शुरू हुने भएका हुन ।

दुवै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले पुस ६ गते कुमारीलाई एनसीसी बैंक प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी दुई कम्पनीले अब पुस १७ गतेबाट कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरू गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस्